थलापति विजयको फिल्ममा भिलेनमा देखिँदै संजय दत्त

 ग्लोवल टि.भी.      मङ्लबार, भदौ २८, २०७९      0

भदौ २८– पछिल्लो समय बलिउडका चलेका कलाकार पनि दक्षिण भारतीय ९साउथ० फिल्ममा धमाधम देखिन थालेका छन् । यस्तैमा अभिनेता सञ्जय दत्त पनि साउथ फिल्ममा देखिने भएका छन् । उनी निर्देशक लोकेश कनागराजले बनाउने आगामी फिल्ममा देखिने भएका हुन् ।

फिल्ममा साउथ सुपरस्टार थलपति विजय मुख्य भूमिकामा छन् । फिल्मको नाम भने अहिले गोप्य राखिएको छ । मिडिया रिपोटका अनुसार सञ्जय दत्त यस फिल्ममा ग्याङ्स्टरको अवतारमा देखिनेछन् । लोकेशको यो फिल्म ग्याङ्स्टरमा आधारित एक्शन थ्रिलर विषयवस्तुमा रहेको छ । यही कारण फिल्ममा धेरै खलनायकको आवश्यकता पर्छ । यस्तो अवस्थामा खलनायकको भूमिकामा सञ्जय दत्तभन्दा राम्रो विकल्प अरू केही छैन ।

स्रोतका अनुसार लोकेश केही समयदेखि सञ्जय दत्तसँग भूमिकाका बारेमा कुराकानी गरिरहेका थिए । १० करोड ९भारु०मा सञ्जय दत्त फाइनल भए । फिल्ममा विजय र सञ्जय एकसाथ देखिनेछन् । फिल्ममा साउथ अभिनेता पृथ्वीराजको समेत नकारात्मक भूमिका रहनेछ । मिडिया रिपोर्टका अनुसार फिल्मको सुटिङ यसै वर्षको अक्टोबर वा नोभेम्बरमा सुरु हुनेछ । योसँगै फिल्म आगामी वर्ष दीपावलीको अवसरमा रिलिज हुनेछ । यो फिल्म सन् २०२३ मा थलापतिको दोस्रो फिल्म हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.