हिना शुक्लाले हात पारिन् ‘मिसेस् नेपाल पिस् २०२२’ को उपाधि

 ग्लोबल टिभि           0

असोज ११ – ‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन्। २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटोजेनिकसहित शीर्ष उपाधि चुमेकी हुन्।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा फर्स्ट रनर अप रीमा खड्का, सेकेन्ड रनर अप सुविना शाक्य, थर्ड रनर अप सीमा सराफ र फोर्थ रनर अप रेशमा पूरी घोषित भए।

अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस् नेपाल पिस’को उपाधि समेत प्रदान गरिएको प्रतियोगितामा राजभाई सुवाल, सीता पाठक, आस्था साख, सृजना जोशी र अभिनेत्री शर्मा पनि निर्णायक रहेका थिए।

एमी इन्टरटेन्मेन्टको आयोजना र युहान इन्टरनेसनको व्यवस्थापन रहेको प्रतियोगितामा पब्लिक च्वाईस अञ्जु ढुंगाना, भिवर्स च्वाईस बिनिता प्रधान, मिसेस् ट्यालेन्ट हिरादेवी श्रेष्ठ, म्यानेजमेन्ट च्वाइस सबी ह्यौमिखा, बेस्ट ड्रेसका साथै बेस्ट पिस प्रोजेक्टको संगीना ताम्राकार, बेस्ट वाक अनिशा सुवेदी, बेस्ट स्माइल सपना श्रेष्ठ, मिसेस् कञ्जीनालिटी अञ्जु न्यौपाने र मिसेस् कन्फिडेन्ट मनिषा रेग्मी, बेष्ट पर्सनालीटी रीमा खड्का चुनिए।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *