समारिका र स्मारिकासँग दिलिपको रोमान्स(भिडियो सहित)

 ग्लोबल टिभि           0

असोज ११ –अभिनेता दिलिप रायमाझीले क्लबमा समारिका र स्मारिका ढकालसँग रोमान्स गरेका छन् । उनले रियल लाइफमा नभएर रिल लाइफका लागि समारिका र स्मारिकासँग क्लबमा रोमान्स गरेका हुन् ।

हाँस्यकलाकार एवम् गायक राजा राजेन्द्र पोखरेलको गीत ‘लोकल नभई हुँदैन’ को भिडियो अभिनयमा उनले क्लबमा रोमान्स गरिरहेको देख्न सकिन्छ । मदिरा सेवन गरेपछि मानिसले गर्ने उटपट्याङ गतिविधि गीतमा रोचक ढंगले प्रस्तुत गरिएको छ ।

गीत गायनमा पोखरेललाई शान्तिम् कोइरालाले साथ दिएका छन् । भिडियोमा दिलिप, समारिका, स्मारिकाको अलवा गायक गायिका पोखरेल र कोइरालाको समेत अभिनय देख्न सकिन्छ । शब्द तथा संगीत गायक पोखरेलकै छ ।

शिव विकको निर्देशन रहेको भिडियोमा विककै कोरियोग्राफी छ । सौरभ लामाको छायांकन रहेको गीतको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *