नेपाली फिल्म ‘जय हो’ बन्दै

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक ८, २०७९      0

कात्तिक ८ –तिहारको अवसर पारेर फिल्म ‘जय हो’ निर्माण घोषणा भएको छ । निर्देशक शोभित बस्नेतले फिल्म निर्माण घोषणा गरेका हुन् । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको प्रस्ततुकर्तामा शोभित बस्नेत नै रहनेछन् ।

आगामी माघबाट छायांकनको तयारीमा रहेको फिल्मको मुख्य भूमिकामा सलोन बस्नेत देखिनेछन् । निर्माण टिमका अनुसार फिल्ममा अन्य नाम चलेका कलाकार समेत रहनेछन् ।

सुरेश न्यौपानेको कथा रहेको फिल्मलाई राज।के अधिकारी र सुरज सरकारले निर्माण गर्न लागेका हुन् । एक्सन लभ स्टोरी कथामा निर्माण हुने फिल्मको एकगीतमा शम्भुजित बास्कोटाको सङ्गीत रहनेछ । काठमाडौँ, पोखरा र मुस्ताङमा छायाङ्कन बताइएको फिल्म अष्ट्रेलियामा पनि छायांकन हुने शोभितले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *