सलमान खानलाई ‘वाई प्लस’ सुरक्षा दिइने

 ग्लोबल टिभि      बुधबार, कार्तिक १६, २०७९      0

कात्तिक १६ –बलिउड अभिनेता सलमान खानलाई वाई प्लस सुरक्षा दिइने भएको छ । लामो समयदेखि ज्यान मार्ने धम्कि पाइरहेको सलमानलाई मुम्बई प्रहरीले यो सुरक्षा दिन लागेको हो ।

वाई प्लस सुरक्षामा २ कमाण्डो र २ पीएसओ र अन्य प्रहरी गरेर ११ जना रहनेछन् । जो सलमानको सुरक्षाका लागि सधैं साथमा रहनेछन् । सलमानलाई पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्या गरेको आरोप लागेको गिरोहबाट धम्की आउने गरेको छ ।

भारत सरकारले सलमानसँगै अक्षय कुमार र अनुपम खेरको सुरक्षा पनि बढाएको छ । उनीहरुले एक्स श्रेणीको सुरक्षा पाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *