लकडाउनको दर्दनाक कथा समेटिएको फिल्म ‘इंडिया लकडाउन’ को टिजर सार्वजनिक

 ग्लोबल टिभि      बुधबार, कार्तिक २३, २०७९      0

कात्तिक २३ – ‘इंडिया लकडाउन’ फिल्म को टिजर सार्वजनिक भएको छ । यो चलचित्रको निर्देशक मधुर भण्डारकरको रहेको छ । यस फिल्मको टिजर निर्देशक मधुरले आफ्नो ट्विटर अकाउन्टमा सेयर गरेका छन् ।

यो फिल्म कोरोना भाइरसका कारण देशैभर भएको लकडाउनमा आधारित छ । जसका कारण सर्वसाधारणको जनजीवनमा परेका प्रभावहरुलाई देखाइएको छ ।

फिल्ममा प्रतिक बब्बर, श्वेता बसु प्रसाद, साई ताम्हङ्कर, आहाना कुम्रा, जरिन सिहाब, आयशा आइमान, सात्विक भाटिया र सानन्द वर्मालगायतको अभिनय रहेको छ ।यो फिल्म २ डिसेम्बर २०२२ मा ओटीटी प्लेटफर्ममा सार्वजनिक हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *