नेपथ्यको ‘भटभटे’ सार्वजनिक(भिडियोसहित)

 ग्लोबल टिभि      शुक्रबार, कार्तिक २५, २०७९      0

कात्तिक २५ –नेपाली लोकरक ब्याण्ड नेपथ्यले यसै परिवेशमा पहिलोपटक बनाएको गीत सार्वजनिक गरेको छ। आफ्नो एघारौँ एल्बमको पहिलो गीतको रुपमा ‘भटभटे’ सार्वजनिक गरेको हो। संगीतले सबैखाले मनःस्थितिलाई सिर्जनाबाट अभिव्यक्त गर्छ। उन्मुक्त भई मोटरसाइकल हाँकिरहँदाको अवस्थालाई ‘रोड ट्रिप रक’ भन्दै पश्चिमाहरूले धेरै गीत दिएका छन्।

धुनबाट एउटा बेग्लै स्वाद र संवादको यो नयाँ प्रस्तुतिसँगै नेपथ्यको एउटा नयाँ श्रृंखलाको पनि शुरुवात भएको छ। अर्थात्, अब तीन दशक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरूमाझ एघारौं एल्बमको कोसेली प्रारम्भ गर्दैछ।

६ वर्षअघि ब्याण्डले ‘कोशीको पानी यो जिन्दगानी’बाट दसौं एल्बमका गीतहरू सार्वजनिक गर्ने क्रम थालेको थियो। तिहारअघि ‘नैनताल’ गीतलाई उक्त एल्बमको अन्तिम तथा दसौं गीतका रुपमा ब्याण्डले सार्वजनिक गर्‍यो। दसौं एल्बमका सबै गीतहरू ६ वर्षअघि नै रेकर्ड भए तापनि पालैपालो गरेर सार्वजनिक गरिएको थियो।

६ वर्षपछि पहिलोपटक रेकर्ड गरिएको ‘भटभटे’ भने एघारौं एल्बमको पहिलो गीत बन्न पुगेको छ। यस सँगसँगै ब्याण्डमा नयाँ गीतहरू रेकर्डिङको प्रकृयाले पनि पुनः निरन्तरता पाएको छ। अघिल्लोजस्तै यस एघारौं एल्बममा पनि दसवटा गीत रहनेछन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *