कोरोना त्रास–उद्योगीले घरमै मनाए होली

 ग्लोबल टिभि      आइतवार, चैत्र १५, २०७७      0

कोरोना संक्रमणका कारण सार्वजनिक स्थानमा विगतमा जस्तो चहलपहल यस पटकको होलीमा देखिएन । सामान्य नागरिकदेखि कलाकार, नेता र उद्योगी व्यवसायीहरुले धुमधामका साथ मनाउने होली पर्व यस पटक भने घर आँगनमा नै सिमित हुन पुग्यो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सार्वजनिक स्थानमा होली खेल्न रोक लगाएको हो ।

त्यसैले यसपालीको ओली घरआँगनमा नै सिमित रह्यो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्लाले सरकारी निर्णयको पालना गर्दै आफुले घरमा नै परिवारसंग होली मनाएको बताएका छन् । विगतमा उनको व्यवसायिक प्रतिष्ठानले होलीका अवसरमा औपचारिक कार्यक्रम नै गर्दथ्यो । अध्यक्ष गोल्छाले जस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्षले पनि घरमै आफन्तसंग होली मनाएका छन् । उनले विगतमा विभिन्न कार्यक्रम गरी होली मनाइएको भएपनि यसपटक त्यस्तो कुनै कार्यक्रम नगरिएको बताए । ‘सरकारले सार्वजनिक स्थानमा होली खेल्न रोक लगाएको छ । त्यसको पालना गरी घरमै आफन्तसंग होली पर्व मनाइयो ।’ उनले भने ।

‘विगत वर्षमा उद्योग वाणिज्य महासंघका विभिन्न बस्तुगत समूहले होली कार्यक्रम गर्थे । यसपाली भने त्यस्तो कुनै कार्यक्रम छैन ।’ महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । तर, नेपाल अटो मोवाइल्स् एसोशियसनका पदाधिकारीले भने अलि फरक ढंगले होली मनाएका छन् । होली मनाउन नाडाका पदाधिकारी पाथिभरा मन्दिर पुगेका छन् । नाडाका अध्यक्ष कृष्ण दुलालले होलीको अवसर पारेर पाथिभरा मन्दिर दर्शनमा आएको जानकारी दिए ।

फागुन पूर्णिमाको दिन मनाइने होली काठमाडौ उपत्यका लगायतका हिमाली र पहाडी जिल्लामा मनाइएको छ । तराई क्षेत्रमा भने भोली होली मनाइदै छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *