मधेश आन्दोलनमाथिको मजाक

 ग्लोवल टि.भी.      बुधबार, जेष्ठ १९, २०७८      0

विघटित प्रतिनिधि सभाको चौथो ठूलो दल जसपा यतिबेला औपचारिक विभाजनको पर्खाइमा छ । तराई मधेशमा न्याय र समानताको लागि आन्दोलनको गर्भबाट जन्मिएको जसपा यतिबेला सत्ता स्वार्थको हिसाबकिताबले विभाजनको डिलमा छ । मधेश विद्रोहको राप र तापबाट जन्मिएको पार्टीको पछिल्ला गतिविधिले आन्दोलन र बलिदानमाथि मजाक गरिरहेको प्रष्ट हुन्छ । स्वतन्त्रता र स्वायत्तताको नाराले स्थापित जसपा विघटनको चितामा जाँदै छ । हजारौ जनताको त्याग र पसिनाबाट निर्मित यो पार्टीभित्र देखिएको राजनीतिक तमासाले आन्दोलनमाथि घात मात्रै होइन, जनभावनामाथि कुठाराघात हुँदै गएको छ ।

२०७२ असोज ३ मा नयाँ संविधानले विभेद गरेको भन्दै तराई मधेशमा आन्दोलनको आगो बालियो । आन्दोलनमा दर्जनौ मानिसहरु मारिए । मधेशमाथिको लामो समयदेखिको उत्पीडनको पीडाको भावमा तराई मधेशमा विद्रोहको झण्डा उठाइयो । संविधानलाई अस्विकार गर्दै मधेशमा लामो आन्दोलनको घोषणा गरियो । आन्दोलनको नाउँमा महिनौ नाकामा धर्ना र तोडफोड मात्रै भएनन् ,दर्जनौ आन्दोलनकारी राज्य सत्ताको बन्दुकको बलमा मारिए ,लामो समय मधेश अशान्त भयो । सरकारले मधेशको मुद्दालाई सम्बोधन गरेन । जायज मुद्दालाई सम्बोधनको साटो बन्दुकले नियन्त्रण गर्न खोजियो ।लामो आन्दोलनपछि पनि संविधानप्रतिको असन्तुष्टिलाई राज्यले सुुनेन र सुन्न पनि चाहेन । मधेश केन्द्रित दलका नेताहरु काठमाडौलाई गलाउन दिल्लीको साहरा पनि लिए ।

दिल्लीले समेत संविधानको विषय लिएर लामो समय नाकाबन्दी ग¥यो । मधेशकै मुद्दाले दिल्ली र काठमाडौबीचको सम्बन्धमा दरार मात्रै आएन , अन्तर्राष्ट्रिय फोरममा समेत दिल्ली काठमाडौप्रति अनुदार बन्यो । संविधान जस्तो विषय आन्तरिक सवाल थियो । संविधानमाथि असहमतिलाई घरभित्रै हल गर्न सकिने थियो । तर, संविधानको विषय लिएर मधेश केन्द्रीत दलहरु छिमेकलाई हारगुहार मात्रै गरेनन्। संविधानको विषय लिएर छिमेकी भारले युद्धको एक रुप आर्थिक नाकाबन्दी लगायो ।करिब ६ महिनाको आर्थिक नाकाबन्दीले मुलुकको अर्थतन्त्र समेत तहस नहस बनाइदियो । भूकम्पको आलो घाउ थियो, त्यही आलो घाउमै छिमेकीको नाकाबन्दीले थप नुन चुक छर्किदियो । संविधानकै विषय लिएर मधेशमा भारत लगायतका पश्चिमाहरुले समेत खेल्ने ठाँउ पाए । नेपालभित्र अस्थिरतामा खेल्न चाहने अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको मधेशमा बाक्लो उपस्थिति रह्यो । मधेशकै मुद्दाले मुलुकको राष्ट्रिय अस्मिता र सार्वभौमिकतामाथि आँच आउने खालका समेत अराजनीतिक हर्कत भए । संविधानमा प्रबन्ध भएका नागरिकता, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, एक मधेश एक प्रदेश जस्ता मुद्दा लिएर तराई मधेशमा आन्दोलन भएको थियो । पटक पटक मधेशमा उठेको विद्रोहले दर्जनौ मानिसको ज्यान लियो । सयौ मानिसहरु घाइते भए ।

आन्दोलनको राप र तापबाट राजनीतिक नेतृत्वको उदय पनि भयो । मधेशप्रति हेर्ने काठमाडौको सोचमा पुनर्विचार गर्ने बाध्यकारी अवस्था ल्याइदियो । त्यही आन्दोलनले तराई मधेशमा ठूलो जनमत पनि निर्माण भो । संविधानमाथि असहमति राख्दै तत्कालीन समाजवादी र राष्ट्रिय जनता पार्टीले २०७४ को संघीय निर्वाचनमा भाग लिए । प्रतिनिििध सभामा ३४ सीट सहित जसपा चौथौ राष्ट्रिय शक्ति बन्यो । राष्ट्रिय समीकिरणका जसपा निर्णयक शक्ति बनेपनि नेतृत्वमा भएको पद प्रतिस्ठाको स्वास्र्थले यतिबेला विभाजनको संघारमा छ । पौष ५ को संसद विघटनको विपक्षमा उभिएको जसपा जेष्ठ ७ को संसद विघटनमा दुई कित्तामा विभक्त मात्रै छैन, एक समूहले अर्काे समूहलाई कारबाही गर्ने तहमा विववाद पुगेको छ । ओलीलाई हिजो मधेश विरोधी देख्ने महन्थहरु अहिले ओलीसंगको सहकार्य अघि बढाएका छन् । उता उपेन्द्र समूहहरु विपक्षीको कित्तामा उभिएका छन् । अधिकार र पहिचानको लागि संघर्ष गरेको दाबी गर्ने नेतृत्व यतिबेला सत्ताको ललिपमा प्रभावित छ । अधिकार र पहिचानको आन्दोलन यतिबेला पानीको फोका झै फुटेको छ । मधेश आन्दोलनबाट स्थापित नेतृत्व अमूक राजनीतिक शक्तिहरुबो बैशाखी बन्ने दौडमा छन् । ०००

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *