खोप प्रतिवद्धतामा प्रधानमन्त्रीको विश्वनीयता ?

 ग्लोबल टिभि      आइतवार, असार २७, २०७८      0

कोरोना महामारी विरुद्धको खोपको जति चर्चा छ, उति प्रधानमन्त्रीको प्रतिवद्धताको पनि चर्चा हुने गरेको छ। किन कि प्रधानमन्त्रीले कोरोनाका विषयमा बोलेका अभिव्यक्ति पनि उत्तिकै छन् । कोरोनासंगै कोरोना खोपको विषयमा पनि प्रधानमन्त्रीको अभिव्यक्ति पटक पटक दोहोरिने गरेका छन् । गएको बैशाख २० मा प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबैलाई खोप पुराउने बाचा गरेका थिए ।

प्रधानमन्त्रीले तीन महिनाभित्र खोप सबैलाई पुराउने ओठे बाचा त दिए । तर, खोपको प्रबन्धमा ठोस योजना केही थिएन। प्रधानमन्त्री ओलीले आइतबार पनि वीर अस्पतालको एक कार्यक्रममा एक वर्षभित्र सबैलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पुनः दोहो¥याए । गएको बैशाख २० गतेको प्रधानमन्त्रीको प्रतिवद्धता पुनः असार २७ मा आएर दोहोरिएको छ। प्रधानमन्त्रीको पछिल्लो प्रतिवद्धता दोहोरिदाँ मुलुकमा खोप लगाउन थालेको १७० दिन पूरा भएको छ। सरकारले खोप लगाउन थालेको १ सय ७० दिन पूरा भएपनि हालसम्म खोप पहँुचमा पुगेकाको जनसंख्या जम्मा तीन प्रतिशत छ। सरकारले यस अघि गरेको नीतिगत घोषणा अनुसार २०७८ पौषसम सवा दुई करोड नागरिकलाई खोप उपलब्ध गराउने भन्ने हो । तर, सरकारले जे जे प्रतिवद्धता गरेपनि खोप उपलब्ध गराउने विषयमा  चिप्लिदै आएको छ। ।

पछिल्लो प्रधानमन्त्रीको आश्वासनले सन २०२१ सम्ममा सबैलाई खोप पुराउने भन्ने प्रतिवद्धता त आएको छ। तर, प्रधानमन्त्रीको प्रतिवद्धताको विश्वसनीयता कति ? मुलुककै कार्यकारीले व्यक्त गरेका प्रतिवद्धता पूरा हुदैनन् भने नागरिकले कसरी भरोसा र विश्वास गर्ने त ? तीन महिना अघि सबैलाई खोप उपलब्ध गराउने बाचा गरेका प्रधानमन्त्रीले यस अवधिमा के के पहल गरे त ? तीन महिनाभित्र खोप पुराउँछु, भनेको सरकारले राष्ट्रपतिमार्फत कुटनीतिक पहल पनि नगरेको होइन, राष्ट्रपतिको पहलमा भएको खोप कुटनीतिले चीन बाहेक अन्य खोप उत्पादक राष्ट्रहरुलाई खासै प्रभाव पारेको देखिएन । राष्ट्रपतिको पहलमा चीन, रसिया, बेलायत,अमेरिका लगायतका मुलुकसंग खोपको लागि कुटनीतिक आग्रह गरिएको थियो । कुटनीतिक पहलले चीन बाहेक अन्य मुलुकबाट पर्याप्त खोप भित्रिन सकेको छैन ।

दक्षिण एशियामा खोप भित्र्याउने मुलुकमा नेपाल दोश्रो स्थानमा पर्दछ, तर, खोपको व्यवस्थापनमा सरकारी प्रयास सार्थक बन्न सकेको छैन । सरकार प्रमुखले सार्वजनिक स्थलमा आश्वासनका पुलिन्दा बाँडेपनि नागरिक खोप उपलब्ध गराउ भन्दै आन्दोलन गर्नुपर्ने नियती छ । यसरी सरकारले खोपको विषयमा जे जे आश्वासन दोहो¥याएपनि नागरिकले विश्वास र भरोसा मानिहाल्ने अवस्था छैन, यसको मुल कारण नै सरकार हो। आफ्नै घोषित कार्याक्रमलाई आधार मान्ने हो, भनेपनि सरकार खोप प्रबन्धमा लगभग असफल भएको छ। खोप उपलब्ध गराउने विषयमा सरकार हाल जे जे  गरिरहेको छ,यही गतिमा खोप उपलब्ध गराउँदै जाने हो,भने  ७४ प्रतिशत नागरिकलाई खोप लगाउन १२ वर्ष लाग्ने आंकलन हुन थालेको छ। यसर्थ सरकारले पटक– पटक खोप प्रतिवद्धता दोहो¥याउनु भन्दा पनि कुटनीतिक माध्यमबाट छिटो भन्दा छिटो खोप आयात गरी सरकारी लक्ष्य अनुसार सबै नागरिकलाई खोपको सुनिश्चिता गर्नु नै बुद्धिमानी हुन सक्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *