अति गरे खति हुन्छ, यो नेपाली उखान हो। यही उखानले भने जस्तै मुलुककै शक्तिशाली प्रधानमन्त्री केपी ओली आज सत्ताको घोडाबाट खसालिएका छन् । अहंकार, दम्भ, हठीको पर्याय बनेका ओली अतिवाद सर्वाेच्चको फैसलाले निष्काम भएको छ। भारतीय नाकाबन्दीको कडा विरोधबाट राष्ट्रवादी नेताको रुपमा चर्चा कमाएका ओलीलाई सत्ता अहंकारले पतनको बाटोमा घचेटिदिएको छ।
संविधान, विधि, पद्धति र प्रणालीलाई सखाप पार्ने दुनिर्यतकै कारण ओली सत्ताबाट गलहत्याइएका हुन्। गएको फागुन ११को सर्वाेच्च फैसलाले नडगमगाएका ओली पछिल्लो फैसलाले भने अत्तालिएका छन् । त्यसको छनक एमालेभित्र उनी विवाद मिलाउन गरेको प्रयत्न मात्रै होइन, उनका समर्थकहरुको सडक प्रदर्शनको दृष्तान्त नै काफि छन् । असार २८ मा सर्वाेच्चले प्रतिनिधि सभाको पुनस्र्थापना मात्रै गरेन, विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश जारी भएको छ।
नेपालको राजनीतिक तथा संवैधानिक संकटमा पहिलो पटक परमादेश जारी गरेर अटेरी शासकको निदहराम भएको छ। संविधानमा हुँदै नभएको तर्क गरेर गैर संवैधानिक कदम चाल्ने ओलीलाई राष्ट्रपतिले पटक पटक साथ दिइन्। संविधानको संरक्षक तथा पालक राष्ट्रपतिको भूमिका र दायित्व हो।तर, राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको प्रबन्धलाई कुल्चिएर ओलीका अहंकारलाई सघाउदै आइन् । ओली र भण्डरीको मिलिभगतले पटक पटक संविधान च्यात्ने प्रयास मात्रै भएनन्। मुलुकको राजनीतिलाई बेलगाम बनाउने कुचेष्टा भए।
राष्ट्रपति र प्रधानमन्त्रीका यस्ता कमदले संविधानमाथि हमलासंगै संघीय लोकतान्त्रिक गणतन्त्रको गला निमोठ्ने प्रयास भयो ।सरकारको यो हदसम्मको स्वेच्छारीले आम नागरिकमा निराशासंगै व्यवस्थाप्रति आक्रोशको आगो दन्किदै गएको थियो । यसको भित्रि कारण मुलतः साविकको नेकपाभित्रको सत्ता स्वार्थले सिर्जना गरेको दुषित परिणाम हो ।
पद प्रतिस्ठाको माखे स्वार्थले संविधान र व्यवस्थामाथि खतरा पैदा गर्ने हर्कत संभव भए । यद्यपि ओली सरकारको स्वेच्छारी कदमलाई सर्वाेच्चले अंकुश त लगाएको छ, तर, नयाँ परिस्थितिमा विपक्षीलाई सरकार गठनसंगै मुलुकलाई सही बाटोमा हिडाउन पनि उत्तिकै चुनौती छ। यसर्थ सत्तामा पुगेपछि देखाउने अहंकार र दम्भलाई आगामी दिनमा कोही कसैले दोहो¥याउने प्रयास गर्न हुदैन । ओलीकै हठका कारण मुलुकले दुख पाएको विषयलाई हृदयगंम गरी नेतृत्वको पहल लिन सक्नुपर्छ ।सर्वाेच्चको फैसलापछि विकसित घटनाक्रमलाई उत्तेजना,आवेग र उत्सवमा भन्दा विवेक र सहकार्यमा प्राथमिकता दिने गरी जोड दिन आवस्यक छ। यहाँ कसैमा जितको उन्माद र हारको कुण्ठामा होइन, मुलुकलाई सही बाटोमा हिडाउने शर्तमा राष्ट्रिय एकताको लागि विपक्षीले नै अब ल्याकत देखाउनैपर्ला ।
Leave a Reply