देउवाको परिपक्व कुटनीतिक संकेत

 ग्लोवल टि.भी.      सोमवार, साउन ४, २०७८      0

सोमबार प्रधानमन्त्री देउवाले कुटनीतिक धारणा सार्वजनिक गरे, प्रधानमन्त्रीले सार्वजनिक गरेको कुटनीतिक धारणा निकै पाको र दूरदर्शी देखिएको छ। मुलुकको कार्यकारी प्रमुखले देखाउने परिपक्वता पनि यही नै हो । उत्ताउलो कुटनीतिले नेपाल जस्ता मुलुकका लागि कहिल्यै हित गर्र्दैन , किन की हामी भूराजनीतिक तथा सामरिक महत्वको विशिष्ट भूगोलमा छौ। छिमेकी र मित्र राष्ट्रलाई चिढाएर हामी न राष्ट्रवादी हुन सक्छौ, न आत्मनिर्भर,सवल , स्वतन्त्र अनि स्वाधीन नै ।

विश्व राजनीति भूमण्डलिकृत छ। विश्व एक गाउँ जस्तै भएको बेला नेपाल जस्ता मुलुकले झनै सचेत र संवेदनशीलता देखाउनुपर्छ । त्यही कुरा गहिरो गरि देउवाले बुझेका रहेछन्, भन्ने उनको दृष्टिकोणले सिद्ध गरेको छ। छिमेक र मित्र राष्ट्रबीचको सम्बन्ध भाइचारा मात्रै होइन, पन्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिको आधारमै चल्नुपर्छ र हुनुपर्ने पनि यही हो । सस्तो राष्ट्रवादको उत्तेजनाले न त मुलुकको राष्ट्रियता जोगिन्छ, न त स्वाधिनता र सार्वभौमिकताको रक्षा नै हुन्छ। ुनेपाल कसैको विरुद्ध कहिल्यै उभिदैन, हो, उभिनु पनि हुदैन । कुनै स्थायी शत्रु र मित्र छैनन्, खाली स्थायी राष्ट्रिय हित मात्र हो ।ुसोमबार प्रधानमन्त्री देउवाले सार्वजनिक गरेको परराष्ट्र कुटनीतिक दृष्टिकोणमा भनिएको छ। प्रधानमन्त्रीको यो वाक्यांशले कुटनीतिक मित्रतालाई प्रवद्र्धन गरेको छ। नेपाल जस्ता मुलुकले कसैसंग पौठेजोरी खेल्नु पनि प्रतिउत्पादक मात्रै होइन, समग्र हाम्रो विकासका प्रक्रियालाई जबरजस्त रोक्नु पनि हो । यसर्थ छिमेकी र मित्र राष्ट्रहरुसंगको असुन्तुलन कुटनीतिलाई सन्तुलनमा ल्याउने प्रयास स्वरुप देउवको दृष्टिकोण बाहिरिएको हुनुपर्छ ।

शान्ति, विकास र स्थिरताको लागि प्रधानमन्त्री देउवाले जे जस्तो कुटनीतिक संकेत गरेका छन्, यसले पक्कै पनि हाम्रो कुटनीतिक दायरा र विश्वास बढाएको हुनुपर्छ । यही विश्वास र भरोसाले नै हुनुपर्छ,आइतबार प्रधानमन्त्रीमा देउवा प्रतिनिधि सभाबाट दुई तिहाई मतले अनुमोदित भएको पनि । घरेलु राजनीति र बाह्रय सम्बन्धमा सुमधुर बनाउन योग्यता र क्षमता भएकैले विशिष्टि र अत्यन्तै पेचिलो समयमा देउवाप्रतिको समर्थन अभूतपूर्व देखियो । ओली पक्षका सांसदले समेत उनलाई विश्वासको मत दिनु देउवाप्रतिको अभूतपूर्व भरोसा हो । यसको अन्तर्य भनेको नै देउवामा देखिएको राजनीतिक तथा कुटनीतिक परिपक्वता हो। यसर्थ देउवाप्रतिको आन्तरिक राजनीतिक र बाह्य राजनीतिले देखाएको विश्वास र भरोसालाई अक्षरस कार्यान्वयन गर्दै डेढ वर्षको कार्यकाललाई परिणमुखी बनाउन ल्याकत देखाउनै पर्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *