भारतीय ज्यादतीको अन्त्य कहिले ?

 ग्लोबल टिभि           0

भनिन्छ, छिमकी मर्दा र पर्दाको साथी हो । तर, नेपालको छिमेकी मर्दा र पर्दा नै पीडामा नुन चुक छर्कने गर्दै आएको छ। त्यसैको निरन्तरताको हो, शुक्रबार महाकाली नदीको तुइन काटिएको ज्यादतीको घटना । भारतीय एसएसबीले दार्चुलाको व्यास गाउँपालिका–२ स्थित मालघाटस्थित नदी माथिको तुइन काटिदियो,नदीको तुइन काटिएपछि व्यास गाउँपालिका २ का जयसिंह धामी नदीमा बेपत्ता भए । ३० वर्षीय जयसिंह धामी विदेश जाने सपना बोकेर उनी घरबाट निस्किएका थिए । तर, छिमेकीको ज्यादतीले उनी महाकाली नदीमा जबजस्त खसालिए । विदेश जाउँला र कमाउँला भन्ने सपना थियो, जयसिंहको। तर, जयसिंह धामी कहिल्यै नफर्कने गरी महाकालीमा विलीन भए । जयसिंह मात्रै होइन, यस्तै हजारौ सीमाबासी पटक –पटक एसएसबीबाट नदीमा खसालिने,यातना भोग्ने र गोली समेत खानुपर्ने नियती छ, सीमा क्षेत्रमा ।

हुन त यो जयसिंह बेपत्ता भएको घटना नयाँ भने होइन, सीमा क्षेत्रमा एसएसबीले हरेक दिन यस्तै ज्यादती गर्दै आएको छ। २०७३ फाल्गुनमा पनि भारतीय एसएसबीले कन्चनपुरका गोविन्द गौतमको गोली हानि हत्या गरेको थियो । कल्भर्टको विषयमा भएको सामान्य विवादमा गौतमको एसएसबीबाट हत्या भएको थियो ।

भारतबाट सीमा क्षेत्रमा भइरहेको ज्यादतीको विषयमा सिंहदरबारलाई पनि राम्रोसंग हेक्का छ। वर्षाैदेखि जयसिंह जस्तै ज्यादतीको यातना भोग्नेहरु हजारौ सीमाका नेपाली नागरिक छन् । सीमाबासी लामो समयदेखि कुन बेला एसएसबीको निशानामा परिने हो, भन्ने भय र त्रासले बाँच्न विवश छन् । यसरी सीमा क्षेत्रमा पटक– पटक ज्यादती भइरहँदापनि सिंहदरबार खुलेर कुटनीतिक पहल देखाउन खुट्टा कमाइरहेको छ, र त सीमा क्षेत्रमा नागरिकहरु भारतीय ज्यादती सहन बाध्य भएको हुनुपर्छ ।

सीमा विवादको विषय अहिलेको मात्रै होइन, विशेष गरी सन १९४७ मा भारत स्वतन्त्र भएपछि उसको सीमा क्षेत्र हस्तक्षेप निरन्तर बढ्दो छ। पछिल्लो तथ्यांक अनुसार भारतले सीमा क्षेत्रका २४ जिल्लाका ७१ स्थानमा अतिक्रमण गरेको छ। सीमा सुरक्षाको नाउँमा १९९० देखि एसएसबीलाई तैनाथ गर्दै आएको छ। नेपाल भारतबीचको सीमा १८८० किलोमिटर दुरीको छ । यीनै सीमा क्षेत्रमा भारतले ९० हजार बढी एसएसबी तैनाथ गरेको छ। तिनै एसएसबीले हरेक दिन सीमाबासीमाथि ज्यादती गर्दै आएको छ।

यसरी भारतीय ज्यादती दैनिक बढीरहेको छ, सीमाबासीले ज्यादती सहेरै बस्न बाध्य हुँदा पनि सिंहदरबारले ठोस कुटनीतिक पहल गर्न सकेको छैन पछिल्लो तुइन घटनाप्रति सरकारले छानविनका लागि समिति बनाएको छ, उता सडकमा प्रदर्शन पनि भएका छन् । तर, समयक्रम वित्दै जान्छ, आन्दोलन पनि मत्थर हुन्छ, त्यस्तै उता सरकारी प्रतिवेदन दराजमै थन्किन्छन् र विगतमा हुँदै आएका पनि यस्तै थियो,अब हुने पनि यस्तै नहोला भन्न सकिन्न । यसर्थ सरकारले यसलाई गम्भीरतापूर्वक लिएर उच्चस्तरीय राजनीतिक सम्वादबाट विवादमा हुने ज्यादतीलाई सधैका लागि हल गर्ने कुटनीतिक जुक्ति निकाल्नैपर्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *