सत्ताका लागि बन्धकको राजनीति

 ग्लोबल टिभि           0

पछिल्लो समय लुम्बिनी प्रदेशमा सांसद अपहरणपछि बन्धक बनाइएको घटना बाहिरयो, यसले समग्र व्यवस्था र प्रणालीमाथि गम्भीर धक्का लागेको छ। संसदमा गणित  पुराउनकै लागि  बन्धक र अपहरणको साहरा लिन खोज्नु, हारको उपज हो । विधि र प्रणालीमाथि भद्दा मजाक पनि हो । अझ गम्भीर विषय त यो छकी, मुख्यमन्त्री जस्तो जिम्मेवार व्यक्ति नै सांसद अपहरणपछि बन्धक बनाउन तयार हुन्छ, भने अब नागरिकले कसको विश्वास भरोसा गर्ने ? प्रदेशबासी सामान्य पारासिटामल नपाएर कोरोनासंगै भिड्दा भिड्दै मर्नु परेको दुर्दान्त कहानी उस्तै छ,बेरोजगारी, गरिबी र अभाव पनि त्यत्तिकै छ।

तर,मुख्यमन्त्रीलाई सांसद अपहरण गरी बन्धक बनाउने र सत्ता टिकाउनमै जोरजुलुममै फुर्सद छैन । नयाँ प्रदेश प्रमुख फेरिएसंगै मुख्यमन्त्री शंकर पोखरेलको सत्ता चरम संकटमा छ।त्यही संकटबाट पार पाउन उनकै निर्देशनमा विमला वली खत्रीको अपहरण गरी बन्धक बनाइएको हो । यही श्रावण १५ गते मुख्यमन्त्रीको कार्यालय बुटवल पुराइएकी सांसद विमला श्रावण २१ मा बन्धक तोडेर बाहिरिन् ।उपचार गराउन नेपालगञ्ज हिडेकी विमला एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक भूमिश्वर ढकालको नेतृत्वमा मुख्यमन्त्री कार्यालय बुटवल पुराइएकी थिइन् । यस घटनाले सबैलाई लज्जित मात्रै बनाएको छैन, राजनीतिक रुपमा बदनामी र सामजिकरुपमा अपराधजन्य भएको पुष्टि गरिदिएको छ।

२०७७ फाल्गुन २३ मा नेकपा खारेज गरिदिएपछि उनी माओवादी केन्द्रलाई रोजेकी थिइन् । मुख्यमन्त्री शंकर पोखरेलको सत्ता डगमगाउन थालेपछि उनी एकाएक अपहरणमा परी बन्धक बनाइएकी हुन् । नयाँ प्रदेश प्रमुख फेरिएसंग पोखेरलको सरकार धरमराउन थालेको छ। बहुमत सदस्यहरुको समर्थन रहेको दाबी गर्दै आएका पोखरेलले संसदको गणित मिलाउन विमलालाई अपहरण गरी एक सातासम्म बन्धक बनाएका हुन् । यही श्रावण १५ मा विमला ओली मुख्मन्त्री कार्यालयमा पुराएकी थिइन्, नेपालगञ्ज उपचार गराउन घरबाट हिडेकी विमलालाई एकाएक बुटवलस्थित मुख्यमन्त्री कार्यालयमा पुराइएकी थिइन् ।

उनले सार्वजनिक गरेको अभिव्यक्तिलाई आधार मान्ने हो, भने पनि यो सरासर राजनीतिक अपराधीकरण हो । कुनैपनि व्यक्तिलाई यसरी बन्धक तथा अपहरण गर्नु जघन्य अपराध हो मानव सभ्यताका लागि लज्जाको विषय अपहरण र बन्धक जस्ता कार्यले सबैलाई लज्जित मात्रै बनाएको छैन, सत्ताका लागि दलहरु कतिसम्मको नीच कार्यसम्म गर्न पछि पर्दैनन् भन्ने तथ्यलाई पुनः उजागर गरिदिएको छ।

संविधानतः हरेक नागरिक स्वतन्त्र छ, सार्वभौम छ। उसको इच्छा विपरित कुनैपनि क्रियाकलाप गर्न र गराउन पाइदैन । यस्तो क्रियाकलाप मानव अधिकारको गम्भीर उलंघन मात्रै होइन, मानवता विरुद्धको निकृष्ट व्यवहार पनि हो । विमला अपहरण र बन्धकको घटना आधुनिक लोकतन्त्रमा अस्वीकार्य मात्रै होइन, पूर्णतया निषेधित र अक्ष्म्य क्रियाकलाप हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *