विघटनको चौबाटोमा कम्युनिष्ट आन्दोलन

 ग्लोवल टि.भी.      आइतवार, भदौ ६, २०७८      0

यतिबेला नेपालको कम्युनिष्ट आन्दोलन विचलन र विघटनउन्मुख छ। कम्युनिष्ट पार्टी विचारबाट निर्देशित चिन्तन र व्यवहारबाट अघि बढ्नुपर्ने कम्युनिष्टहरु पद प्रतिष्ठाको लालसाले विचारहिन् बन्दै गएका मात्रै छैनन् नेपालको कम्युनिष्ट आन्दोलनको भविष्यमाथि गम्भीर प्रश्न उठ्न उठ्न थालेका छन् ।मुलतः कम्युनिष्ट पार्टी विचारबाट निर्देशित हुन्छ, समय सापेक्ष कार्यनीति रणनीतिसंगै दीर्घकालीन नीति हुनुपर्छ र हुनुपर्ने पनि यही हो ।तर, नेपालको ७२ वर्षे कम्युनिष्ट आन्दोलनलाई फर्केर हेर्दा न्यूनतम कम्युनिष्ट चरित्र पटक्कै देखिएको छैन, बरु झन् पछि झनै विचारमा नेतृत्व विचलित छ। ।

राजनीतिक विचार भुत्ते भएको मात्रै छैन ,नेतादेखि कार्यकर्तामा सांस्कृतिक विचलन पनि उत्तिकै छ। उन्नत र सभ्य समाज निर्माण गर्ने संकल्प गरेर राजनीतिमा हामफालेका सबै कम्युनष्टिमा यस्तै प्रवृत्तिगत समस्या हरेक दिन चुलिदो छ। विचारमा विचलन मात्रै होइन, संगठनमा टुटफुट विभाजन, विघटन र विभाजनको श्रृंखला जारी छ।

पछिल्लो समय एमाले र माओवादी केन्द्र नेपालको राष्ट्रिय राजनीतिमा दूरगामी प्रभाव पार्ने हैसियतमा छन्। तर, विभाजन र विचलनको शिकारले यी पार्टीभित्रको कलह यतिसम्म छ की सायद लाज पनि लजाउन सक्छ, यो दुर्दान्त अवस्थाले नेपालमा कम्युनिष्टहरुको भविष्य के होला भन्ने प्रश्न उठ्न थालेको छ।सर्वहारा वर्गको मुक्तिको लागि भन्दै निर्माण भएका यी पार्टीको गाइजात्राले कम्युनिष्ट भन्न पनि ग्लानी गर्नुपर्ने परिस्थति बन्दै गएको छ।
२०७४ को संघीय निर्वाचनको परिणामले यी पार्र्टीहरुलाई ऐतिहासिक अवसर दिएको थियो,संसदमा भएको दुइ तिहाइ उपस्थितिले मुुलुकको संविधान संशोधन गर्ने हैसियतसम्म थियो। जनजिविकासंगै राष्ट्रिय मुद्दा हल गर्न उनीहरुसंग बलियो जनमतको तागत थियो । संविधानले समेत समाजवादउन्मुख अर्थतन्त्र भनेर प्रस्तावनामा बोलेकोले पनि समाजवादी कार्यक्रम कार्यान्वयन गराउन कुनै आइतबार कुर्न पर्ने थिएन ।

तर,विडम्बना प्रधानमन्त्री मन्त्री, राजदूत लगायतका राजनीतिक भागवण्डामा भएको तानातानले तीन वर्ष पनि एकिकृत कम्युनिष्ट रहन सकेन । दुइ पार्टीभित्र पनि चरम विवाद बढ्दै गएपछि छिन्नभिन्नको अवस्थामा पुगेका छन् । तैपनि कम्युनिष्टहरु यतिबेला चोक चोकमा एकले अर्काेमाथि पाँडे गाली वर्षाइरहेका छन् । नाँच्न नजान्ने आँगन टेढो भने झै सत्ता संचालनमा ढंग पुराउन नसक्ने, तर दोष अरुलाई थोपर्ने प्रवृत्ति कम्युनिष्टहरुमा छ। सर्वहारा वर्गको सत्ता स्थापनाको नाराबाट राजनीतिक यात्रा थालेका उनीहरु दैनिकी आलिशान महल, करोडौ बैक व्यालेन्सहित पजेरोमा हुईकिनेमा अवस्थामा पुगेको छ। ।किसान र मजदुर वर्गको पार्टी दाबी गर्ने नेपालका कम्युनिष्टहरु सत्ता, सम्पत्ती र शक्तिका लागि जस्तो सुकै हर्कत पनि गर्ने गरेका तथ्य छन्।
किसान मजदुरको सत्ता स्थापना गर्न भन्दै २००६ सालमा नेपालमा कम्युनिष्टको बीउ रोपियो, पुष्पलाल, निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्मचार्य र साहना प्रधानको प्रयासमा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । कम्युनिष्ट पार्टीको स्थापना भएको ७२ वर्षको घुम्ति पार गरिरहँदा नेपालका कम्युनिष्टमा विचलन, विघटन र पतनको श्रृंखला जारी छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *