ठीक आज अर्थात भदौ १६ नेपालको इतिहासमा एउटा अकल्पनीय परिघटना थियो ।१८ वर्षअघि इराकमा १२ जना नेपाली मारिएको विरोधमा मुलुकका मुख्य सहरमा हिंसा भड्किएको थियो । २०६१ भदौ ४ मा इराकी आतंकवादी समूह अनसर अल सुन्नाले कामका लागि इराक पुगेका नेपालीहरुको नृशंस हत्या गरेको थियो । इराकमा आतंकवादीहरुबाट निर्दाेष १२ नेपाली युवाको घाँटी रेटिएको थियो,त्यस घटनाको विरुद्ध नेपालमा हिंसा भडिकएको थियो। अलजजिराले हत्याको दृष्यसहितको समाचार संप्रेशण गरे लगत्तै नेपालमा स्वतस्फूर्त मानिसहरु सडकमा ओर्लिएका थिए ।
निर्दाेष युवाहरुको पाशविक तरिकाले गरिएको हत्याको विरोधमा युवाहरु सडकमा आउनु स्वभाविकै पनि थियो होला। तर ,सडकमा ओर्लिएको त्यो भीडले अकल्पनीय क्षति मात्रै पुराएन, सम्प्रदायबीचको बैमनस्यता र घृणलाई जोड दिएको थियो ।सडकमा उर्लिएको हिंसात्मक भीडले यति धेरै उग्र लियो, कि,सरकारलाई नियन्त्रण गर्न करिब ८ घण्टा लागेको थियो ।सरकारले कफ्यु लगाएर मात्रै भीड नियन्त्रणमा आएको थियो ।
म्यानपावर कम्पनी,संचार प्रतिस्ठान, हवाई सेवा कार्यालयहरु, विदेशी एयरलाइन्सहरुः कतार एअर, पाकिस्तानी एअरलगायत हवाइसेवाका कार्यालयहरू पनि त्यो उग्र भीडको निशानामा परे । योसंगै उग्र भीडको निशानामा मुस्लिम समुदाय पनि परेका थिए । मुस्लिम समुदायको निजी घरमा समेत तोडफोड भएको थियो ।खासगरी सहरीक्षेत्र तनावग्रस्त हुन पुग्यो । जनधनको ठूलो क्षति हुनपुग्यो । जुन भीड नियन्त्रण गर्ने नाउँमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको थियो, भने ९९ जना घाइते भएका थिए । उपत्यकासहित बाहिरका जिल्लामा भड्किएको हिंसाबाट एक अर्ब बढीको क्षति गरेको थियो ।
सरकारले त्यो बेला नेपालमा भडिकएको हिंसालाई बल प्रयोग गरेर नियन्त्रणमा त लियो। तर, त्यतिबेला मानवीय तथा ठूलो भौतिक क्षति भैसकेको थियो । त्यो हिंसाले अहिले पनि सम्झिदा मानिसहरुको शरीर नै काँपेर आँउछ, त्यस्तो त्रासदीपूर्ण र कहाली लाग्दो हिंसाले जो कोही अझै पनि तर्सिन्छ, ती दृष्तान्त सबैलाई अझै हरेक वर्ष झस्काउने गरेको छ। भदौ १६ मा भडिकएको त्यो कहाली लाग्दो हिंसाको छानविन गर्न सरकारले २०६१ भदौ २१ मा जाँचबुझ आयोग बनाएको थियो ।
टोपबहादुर सिंहको संयोजकत्वमा ७ सदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो ।४ महिनाको समय सीमा तोकिएको सिंह संयोजकत्वको आयोगले सरकारलाई २०६१ मंसिर २३ मा प्रतिवेदन पनि बुझाएको थियो । तर, सरकारले आयोग गठन गरेपनि पीडित परिवारले क्षतिपूर्ति पूर्णरुपमा पाउन सकेनन्। पीडित परिवारमा हरेक वर्षको भदौ १६ कालो दिन बनेर आँउछ,सबैलाई झस्काउँछ र आफन्तलाई पुन रुवाँउछ।
Leave a Reply