७ औ संविधाान दिवसको अवसरामा सरकारले ९ सय ३ जनालाई विभूषित ग¥यो । जसमा नेताका आफन्त,नातागोता,शक्ति केन्द्रसंग उठबस् गर्नेहरुको ताँती नै बाक्लो देखियो । राज्यबाट सम्मानित हुनु चानचुने र सजिलो विषय हुँदै होइन, हुनु हुँदैन पनि । तर, संविधान दिवसमा वितरित विभूषण वितरणमा भएको भागबण्डाले सबैलाई लज्जित बनायो ,विभूषणका लागि त्यस्तो सुयोग्य व्यक्तित्वहरु विरलै देखिए । ९सय ३ जना विभूषित भएकोमा विवादित पात्रहरु नै हाबी देखिए । यस वर्ष पनि विगतलाई दोहो¥याउँदै भएको विभूषण वितरणले गौरव र सम्मान भन्दा हिनता र विकृतिलाई मलजल ग¥यो ।
२०६७ यता मात्रै ४५ सय बढीले यस्ता विभूषण प्राप्त गरेका छन्, यस वर्षको ७ औ संविधान दिवसमा देउवा सरकारले ९सय तीन जनलाई विभूषित ग¥यो, सरकारबाट जो जो विभूषि भए, ती मध्ये अधिकांश सुयोग्य थिएनन् र होइनन् पनि । देउवा सरकारले सुयोग्यदेखि गत वर्ष मल आयातमा बदमासी गरेर कालो सूचीमा परेका व्यक्ति हुमनाथ कोइरालाले पनि सरकारको विभूषण थाप्न योग्य भए । यसरी ती अयोग्यहरुलाई विभूषित गरेर सरकार थप आलोचित मात्रै बनेको छैन, २० करोड रुपैया राज्यकोषबाट खर्चिएको छ। यद्यपि यस्ता विभूषणको तामझाम गर्ने वर्तमान देउवा सरकार मात्रै होइन, विगतमा ओली सरकारले यस्तै गरी ५ सय ९४ जनलाई विभूषित गरेको थियो । करिब ६ सय जनालाई तक्मा दिनैका लागि राज्यकोषबाट १२ करोड खर्च भएको थियो ।
१२ करोड खर्चेर ओली सरकारले जो जसलाई विभूषित ग¥यो, ती पात्रहरुका लागि पनि कुनै छनौटको मापदण्ड थिएन, किन कि राज्यसंग हालसम्म पुरस्कार र विभूषण सम्बन्धी विश्वासीलो मापदण्ड नै छैन । त्यही विगतको गलत पद्धतीलाई यस पटकको देउवा सरकारले पनि निरन्तरता मात्रै दिएको हो । विभूषणमा हरेक वर्ष दोहोरिने यस्तो विकृतिलाई देउवा सरकारले अन्त्य गर्न पनि सक्थ्यो, तर देउवा सरकार पनि ओलीकै पथमा विभूषण वितरण गरेर आलोचित बनेको छ।
फगत विभूषणको नाउँमा गत वर्ष र यस वर्षको मात्रै ३२ करोड रुपैया राज्यकोषबाट खर्च भएको छ। जनता कोरोना महामारी भतभती मर्न बाध्य छन्, लाखौ गरिबहरुको बस्तीमा भोक र रोग व्याप्त छ, बेरोजगारीको आगोले लाखौ युवा विदेशीन बाध्य छन्, त्यही रेमिटान्सको पैसोले सरकार धमाधम विभूषण हरेक वर्ष बाँडेर हाँसि मजाक गरिरहेको छ। तैपनि कुनै छनौटको मापदण्ड विनै खल्तीबाट विभूषण जस्तो अमूल्य सम्मानको अवमूल्यन गरिरहेको छ। जसले विकृतिको संस्थागत गर्ने मात्रै होइन, गलत पात्रहरु विभूषणको आवरणमा चोखिने हिम्मत गरिरहेका छन्। यसर्थ आगामी दिनमा विभूषण दिन सुयोग्य व्यक्तिलाई मापदण्ड बनाएर विभूषित गर्ने नीतिगत प्रबन्ध राज्यले गर्नैपर्छ ।
Leave a Reply