राष्ट्रपतिले नेकपाको आन्तरिक राजनीतिमा एक पक्षलाई साथ दिनु मर्यादा विपरित : रावल

 ग्लोबल टिभि      शुक्रबार, कार्तिक २१, २०७७      0

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन भएको बताएका छन् । उनले ट्वीट गर्दै नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै सक्रिय रहनु राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लघंन भएको बताएका हुन् ।

उनले नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने उल्लेख गरेका छन् । ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनु भएको समाचार आइरहेको छ’ उनले ट्‍वीट गरेका छन् ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।’

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *