सत्ता जोगाउन ओलीले देशमाथि नै कुठाराघात गरे– नेता नेपाल

 ग्लोबल टिभि           0

नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए पनि विचलित नहुन नेता कार्यकर्तासंग आग्रह गरेका छन् । मंगलबार आफू निकट बागमती प्रदेश कमिटीको बैठकमा नेता नेपालले आफ्नो पक्षमा लागेका कुनैपनि नेता कार्यकर्तालाई बिचैमा अलपत्र नपार्ने आश्वासन दिए ।

एउटै डुङ्गामा यात्रा गर्नेहरुलाई आफूले सफलतापूर्वक गन्तव्यमा पुर्याउने पनि उनले बताए । कार्यक्रममा नेता नेपालले आफूहरु लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकतावद्ध भएर जान चाहिरहेको पनि बताए । त्यस क्रममा विभिन्न राजनीतिक दलहका नेतृत्वहरुसँग कुराकानी भइरहेको उनको भनाइ छ ।

आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको पनि उनले आरोप लगाए । आफ्नो सत्ता जोगाउन केपी ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको नेता नेपालले आरोप लगाए । केपी ओलीले आफूहरुलाई छ महिनाका लागि निलम्बन गरेर आफ्नो वास्तविक चरित्र देखाएको भन्दै नेपालले कारबाही गर्दा घुँडा टेक्न आउँछन की भन्ने भ्रम केपी ओलीमा रहेको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *