ग्लोबल टिभि
0
दोलखा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले तत्काल नयाँ सरकार बन्ने कुनै संभावना नरहेको स्पष्ट पारेका छन् । दोलखा सदरमुकाम चरिकोटमा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अहिलेको अवस्थामा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनै नसक्ने दावी गरे ।
सरकार निमार्णमा निर्णायक मानिएको जसपाको एउटा खेमा पार्टी फुटाएरै भए पनि ओलीलाई साथ दिने पक्षमा रहेको पनि उनले शंका व्यक्त गरे । प्रधानमन्त्री ओलीले अझै पनि संसद विघटन गरेर मध्यावधि निर्वाचन गर्न चाहेकाले कांग्रेस कतै लाग्न नहुनेमा उनको जोड छ । अर्को प्रसंगमा नेता भण्डारीले कांग्रेसको आगामी माहाधिवेशनमा हिन्दु राष्ट्रको मुद्धा उठाउनु पर्ने बताए ।
Post Views: 1,508
Leave a Reply