काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन जारी छ । महासंघका देशभरका शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन एक साथ हुन लागेको छ । महासंघले पहिलो पटक प्रत्यक्ष मतदान प्रणाली प्रवेश गरेपछि यसपटकको निर्वाचन धेरैका लागि चासोको बिषय बनेको छ ।
देशभरबाट १३ हजार १ सय २२ सदस्यले महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका एक साथ मतादन गर्दै छन् । मतदानको समय बिहान ९ बजे देखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु हुने जानकारी दिइएको छ । र्निधारित कार्यतालिका अनुसार मतगणना हुन सकेमा २६ गते सबै तहको मतपरिणाम आउने निर्वाचन समितिले जनाएको छ ।
यस निर्वाचनबाट तीन हजारभन्दा बढी पदाधिकारी तथा सदस्य निर्वाचित हुने र त्यसमा महिलाको उपस्थिति ३३ प्रतिशतभन्दा बढी रहने बताइएको छ । महासङ्घका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको छ । केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिएका छन् भने गजेन्द्रसिंह बुढाथोकी पनि अध्यक्षको प्रत्याशी छन् । निर्वाचित सबैको कार्यकाल तीन वर्ष सम्मका लागि हुने छ ।
Leave a Reply