पार्टीभित्र कुनै विवाद छैन– सभापति देउवा (भिडियो सहित)

 ग्लोबल टिभि           0

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको स्पष्ट पारेका छन् । स्वर्गीय नविन्द्रराज जोशीको १३ औ दिनको पुण्यतिथीमा आयोजित श्रद्धाञ्जलीसभामा सभापति देउवाले नेपाली काँग्रेस कहिल्यै पनि संकटमा नरहेको भन्दै कमजोर नबनाउन कार्यकतालाई आग्रह गरे । उनले नेता नविन्द्रराज जोशीको निधनले पार्टीभित्र नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताए ।

स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा उदाहरणीय काम गरेको उनले स्मरण गरे ।यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधले पार्टीमा अपुरणीय क्षति पुगेको बताए । स्वर्गीय जोशीले थाल्नुभएका कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्नेमा पनि उनले जोड दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *