निजामती प्रशासनप्रति उपप्रधानमन्त्रीको असन्तुष्टि (भिडियो सहित)

समयसंगै परिवर्तन हुन नसकेको आरोप

 ग्लोबल टिभि      बुधबार, चैत्र २५, २०७७      0

उपप्रधानमन्त्री ईश्वर पोखरेलले समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको आरोप लगाएका छन् । बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पाखरेलले निजामती प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको बताए ।

निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन जरुरी रहेको पनि उनको भनाइ छ । कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको उनको भनाइ छ । ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृतिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठने गरेको उनको भनाइ छ ।

कर्मचारीतन्त्रले आफूलाई संवेदनशील, गतिशिल मानवहरुको विवेकशील समूहको रुपमा स्थापित गर्न सक्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले कर्मचारीको व्यवहार, कार्यशैली, आचरण र जीवनशैलिद्धारा निजामती सेवा प्रतिको धारणा सकारात्मक बनाउन सकिने विश्वास व्यक्त गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *