प्रतिनिधिसभा शुन्य समयः सरकारको कतै आलोचना कतै प्रशंसा

 ग्लोबल टिभि      बिहिबार, चैत्र २६, २०७७      0

प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद लालकाजी गुरुङ्गले प्रतिनिधिसभालाई व्यवास्ता गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजा–महाराजा भन्दा महान ठान्ने गरेको आरोप लगाएका छन् ।

यस्तै, सांसद लालबहादुर थापाले गत साउन ४, २५ र भाद्र २ गतेको बाढी र पहिरोले बाजुरा जिल्लाका विभिन्न नगरपालिकाका वडाहरुमा खेतीयोग्य भूमी बगाएको र कयौ विस्थापित भएको भन्दै विस्थापित परिवारलाई पुर्नस्थापना गरि उचित राहतको व्यवस्था गर्न माग गरे ।

सांसद बिमला विश्वकर्माले ३ वर्षको अवधिमा सरकारले गरेका कामहरुको स्वागत र बताउ गरिन । सांसद शान्ता चौधरीले विकासप्रेमीहरु खुसीले गदगद भएको भन्दै सरकारका कामको प्रशंसा गरिन् ।

सांसद सत्यनारायण शर्मा खनालले बास र गाँस नभएको जात चेपाङ बस्तीहरु जलाउने र भत्काउने काम गरेको भन्दै सरकारको आलोचना गरे ।

सांसद सत्य पहाडीले प्रधानमन्त्री केपी ओली शर्माले असंबैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर सांसद र संसदको अपमान मात्रै नभई अस्तित्वलाई समेतलाई धुलोमा मिलाउने कोसिस गरेको आरोप लगाइन ।

यस्तै, शुन्य समयमा बोल्दै सांसद सरलाकुमारी यादवले नेपालबाट दैनिक बालबालिका हराउने क्रम बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन ।
सांसद स्मृति नारायण चौधरीले दिल्ली र चीनबाट ट्रेन आउँछ भनेर ओली सरकारले भ्रम छर्ने काम गरेको आरोप लगाए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *