काँग्रेस नेता गगनको आक्रोश–प्रधानमन्त्रीमा चरम अल्पज्ञान छ (भिडियो सहित)

 ग्लोबल टिभि           0

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरेका कामहरुको तथ्य र तथ्यांकमा टेकेर संसदभित्र बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौति दिएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले कसैले प्रश्न नगर्ने सभा सम्मेलनमा प्रधानमन्त्रीले मिथ्यांक प्रस्तुत गर्दै हिँडेको आरोप लगाए । एक–एक वटा आयोजना र कामका बारेमा संसदमा बहस गर्न उनले प्रधानमन्त्री ओलीलाई चुनौति दिए ।

‘संसदलाई छलेर भागेर होइन, यहाँभित्र आएर छलफल गरौ । शिलान्यास र उद्घाटन नै गर्ने रहर हो भने सुरु भईसकेका पुलहरु सकिएपछि बालुवाटारको परिसर भित्र थुप्रै जग्गा खाली छ । त्यहीभित्र प्रत्येक दिन एउटा नयाँ भवनको शिलान्यास गर्नुहोला । बनेका कोठाको फेरि उद्घाटन गर्नुहोला ।’ उनले भने ।

उनले सरकारको ३ बर्षे कार्यकालमा विकास निर्माणका काम चमत्कारिक ढंगले भएको भन्ने प्रधानमन्त्रीको दावीलाई “अल्पज्ञान”को संज्ञा दिए । उनले भने‘ प्रधानमन्त्रीमा चरम अल्पज्ञान छ । उनलाई ढाँट्ने बानी लागेको छ । विकृत असत्यभाषी । यी दुईवटै अवस्था राष्ट्रका निम्ति हानीकारक छ । खराब छ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *