ग्लोबल टिभि
0
नेपालको तीन–दिने भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष नरवणेले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका हुन्।
भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव भरत पौड्याल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा लगायत उपस्थित थिए।
तीन-दिने भ्रमण पुरा गरी उनी आजै भारत फर्किने कार्यक्रम छ।
Post Views: 1,423
Leave a Reply