तीन दलको बैठक देउवा निवासमा जारी

 ग्लोबल टिभि           0

नेपाली काँग्रेस आह्रावनमा बसेको तीन दलको बैठक सभापति शेर वहादुर देउवा निवास बुढानिलकण्ठमा जारी छ । बैठकमा नेपालीकाँग्रेसका सभापति देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाश शरण महत र शशांक कोइराला सहभागी छन् ।

माओवादी केन्द्रबाट भने अध्यक्ष पुष्पकमल दाहाल सहित नेताहरु नारायाण्काजी श्रेष्ठ, कृष्ण वहादुर महरा, देव गुरुङ बैठकमा उपस्थित छन् ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष महन्त ठाकुर सहित नेताहरु राजेन्द्र महतो, अशोक राइ तथा राजेन्द्र श्रेष्ठ सहभागी रहेका छन् । नेपाली काँग्रेसले सरकारको नेतृत्व लिन आनाकानी गरिरहेको भन्दै सभापति देउवामाथि आरोप लागिरहेको बेला देउवाकै अग्रसरतामा तीन दलको बैठक बोलाइएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *