ग्लोबल टिभि
0
नयाँ सत्ता समीकरणबारे बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बिनानिष्कर्ष सकिएको छ । सत्ता समीकरणबारे निर्णय गर्न शुक्रबार बसेको ३ दलको बैठकमा जसपाले पार्टी भित्र छलफलका लागि समय मागेपछि बिनानिष्कर्ष सकिएको हो ।
आजको बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसले गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णयबारे दलहरूलाई औपचारिक जानकारी गराएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
जसमा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सकारात्मक प्रतिक्रिया दिएका थिए ।
Post Views: 1,950
Leave a Reply