ग्लोबल टिभि
शुक्रबार, चैत्र २७, २०७७
0
मुगुमा ९ वर्षीय बालिका लक्ष्मी चौलागाईंको बलात्कारपछि हत्या भएको विरोधमा नेपाल विद्यार्थी संघ नेपाल कमर्श क्याम्पसले बानेश्वर संसद भवन अगाडी प्रदर्शन गरेको छ । नेविसंघले अपराधमा सम्लग्नलाई मुद्दा चलाउन र पीडितलाई न्याय दिन सरकारसंग माग गरेको छ ।
सरकारले सत्ताको बलमा अपराधीलाई संरक्षण गरेको आरोप पनि नेविसंघले लगाएको छ । मुगु घटनाका दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै प्रदर्शन गरिएको संयोजक बिष्णु हरि खड्काले बताए ।
Post Views: 1,697
Leave a Reply