प्रधानमन्त्री ओलीले जितिया शासकको जस्तो व्यवहार देखाए – सचेतक खाँड

 ग्लोबल टिभि      शनिबार, चैत्र २८, २०७७      0

काठमाडौं । नेपाली कांगे्रसका संसदीय दलका सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा नदिएर जितिया शासक जस्तो गर्दै हिँडेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागद्वारा नवलपरासीमा आयोजित “राष्ट्रिय शिक्षा नीति“ कार्यक्रममा सम्बोधन गर्दै सचेतक खाँणले सबै भन्दा ठूलो जित निःसन्देह वैचारिक जित भएको र त्यसमा नेपाली कांग्रेस विजयी भएको बताएका हुन् ।
उनले संविधानले स्थापित गरेको लोकतन्त्रका सारभूत मान्यताको प्रणेता पनि कांग्रेस भएको दाबी गरे ।

सचेतक खाँणले संविधानलाई बहुसंख्यक नेपालीहरुले खुला हृदयले स्वागत गरेको अवस्थामा सोही संविधानको कार्यन्वयनको जिम्मा भने कांग्रेसले नपाउनुमा पार्टीभित्रकै गुट उपगुटले काम गरेको बताए ।

साथै खाँणले चुनावमा नेपाली कांग्रेसले खेप्नु परेको हारलाई कांग्रेस नेता कार्यकर्ताले सामान्य हारका रुपमा नलिएको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *