पत्रकार महासंघमा विपुल पोखरेलको जित सुनिश्चित

 ग्लोबल टिभि           0

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलको जित सुनिश्चित भएको छ । यद्यपी, यसको औपचारिक घोषणा भएको छैन । नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी रहेकोले निर्वाचन समितिले औपचारिक घोषणा नगरेके हो ।

पोखरेलले २ हजार १ सयभन्दा बढी मतको अग्रता लिएकाले विजय निश्चित भएको हो । उनको प्यानलले विजय जुलुस मनाउन थालेसकेको छ ।

निर्वाचनमा अधिकांश पोखरेलकै प्यानलका उम्मेदवार विजयी भएका छन् । आजै साँझ अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी छ । नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *