ग्लोबल टिभि
0
पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी पदाधिकारी बैठकमा सभापति शेर वहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र रामचन्द्र अनुपस्थित भएका छन् । सभापति देउवा आफ्नै कार्यव्यस्तताको कारण बैठकमा उपस्थित हुन नसकेको बताइएको छ । त्यस्तै, पौडेल पनि पार्टीको कामका सिलसिलामा गृहजिल्ला तनहुँमा छन् ।
नेपाली काँग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको थियो । तर, सभापति र वरिष्ठ नेताबीना नै बैठक सुरु भएको छ ।
पदाधिकारी बैठकले भोली बस्ने केन्द्रिय समितिमा बैठकको एजेण्डा पनि तय गर्नेछ ।
Post Views: 1,431
Leave a Reply