अमेरिकी मन्त्री नुल्यान्ड काठमाडौंमा

 ग्लोबल टिभि      सोमवार, माघ १६, २०७९      0

माघ १६ –  अमेरिकी उपविदेशमन्त्री एवं राजनीतिक मामिला जानकार भिक्टोरिया नुल्यान्ड दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएकी छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेपछि नेपाल भ्रमणमा आउने नुल्यान्ड पहिलो अमेरिकी उच्च अधिकारी हुन्।

नुल्यान्डले सोमबार प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका राजनीतिक दलका नेतासँग भेट्ने कार्यक्रम छ। एमसिसीसहित अमेरिकी सहयोगमा नेपालमा सञ्चालनमा रहेका परियोजना र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन उनी काठमाडौं आएकी हुन्।

उत्तरी छिमेकी चीनले नेपालमा बढाउँदै लगेको चासोप्रति अमेरिकीहरू चनाखो देखिएका छन्। राजनीतिक नेतृत्वसँगको भेटमा नुल्यान्डले बदलिँदो भूराजनीतिसहित अमेरिकी चासो र दुईपक्षीय हितका विषयमा कुरा गर्ने बताइएको छ।

नुल्यान्डले राजनीतिक नेतृत्वकर्तासँग भेटघाट गर्ने जनाउँदै नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘उहाँले भेटमा दुई देशबीचको बलियो दौत्य सम्बन्धनमाथि जोड दिनुहुनेछ।’

नेपालमा रहँदा यहाँको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि नुल्यान्डले सँगाल्ने जनाउँदै दूतावासले भनेको छ, ‘यस्ता सांस्कृतिक सम्पदालाई सहयोग गर्न पाउँदा हामीलाई गर्व लाग्दै आएको छ।’ ३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञ रहेकी नुल्यान्डले सरकारका विभिन्न पद पनि समालेकी छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *