सोमबारका लागि डाकेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको छ । कांग्रेस नेता एवं वरिष्ठ नेता रामचन्द्र पौडेलको माइला भाई गोविन्दराज पौडेलको निधन भएपछि बैठक स्थगित भएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
अर्को सूचना जारी नभएसम्म बैठक स्थगित भएको पौडेलले बताए । वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जालमा भाईको निधन भएको जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन् । ‘मेरा प्यारो माईला भाई गोविन्दराज पौडेलको असामहिक निधनको खबरले मर्माहत बनाएको छ । हाम्रो परिवार र गाउँ समाजकै भरोसाका रुपमा हेर्ने भाइ पछिल्लो समय चितवनको रत्ननगरमा बस्दै आएका थिए । प्रिय भाई नाताले भाइ भए नि मेरो साथी जस्तै गरि सबै कुरामा सहयोगी थिए । मेरो राजनीति जीवनकालमा सधै सहयोगी भुमिका निर्बाह गरेका भाई गोविन्दको निधनले म आफुलाइ एक्लो भएको महशुस गरेको छु । प्रिय भाई गोबिन्द तिम्रो आत्माको चीर शान्तिको कामना गर्दै स्वर्गबासको कामना गर्दछु ।’
Leave a Reply