प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले केन्द्रीय समिति बैठक बोलाएका छन् । चैत छ गते देखि राजधानीमा सूरु हुने बैठकमा समसायिक राजनीतिक विषय नै मुख्य एजेन्डा रहेको नेता शेरबहादुर तामाङले जानकारी दिए ।
विभिन्न स्थानमा रिक्त रहेको पदपूर्तीका लागि उप–निर्वाचनको तयारीका साथै नेताहरुको कार्यविभाजन समेत बैठकले गर्ने उनले बताए । पार्टी भित्र आन्तरिक विवादले उग्ररुप लिइरहेका बेला ओलीले बोलाएको बैठकलाई चासोका साथ हेरिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आफ्नो सहभागिता बिना ओलीले यसअघि गएको फागुन २८ गते र चैत्र ७ गते आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर गरेका निर्णयहरु फिर्ता हुनुपर्ने माग गर्दै आएको छ ।
तर, ती निर्णयहरु फिर्ता नगर्ने ओलीले अडान लिएका छन् । नेपाल–खनाल पक्षका नेता नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुषाललाई ओली पक्षले ६ महिनाका लागि निलम्बन गरेको छ ।
Leave a Reply