पश्चिम बङ्गाल निर्वाचन– काँकडभिट्टा र भद्रपुर नाका सिल

 ग्लोबल टिभि      बिहिबार, बैशाख २, २०७८      0

काठमाडौं । आज नेपाल– भारत सीमा नाका झापाको काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको छ । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको हो ।

पश्चिम बङ्गालमा यही ४ वैशाखमा राज्यसभाको निर्वाचन हुन लागेकाले काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि ४ वैशाख बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए । उनका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *