गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि विपक्षी दल प्रदेशसभा सचिवालयमा

 ग्लोवल टि.भी.      बिहिबार, बैशाख २, २०७८      0

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न विपक्षीदलहरु प्रदेशसभा सचिवालयमा पुगेका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदहरु मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि संसद सचिवायल आएको एक कर्मचारीले जानकारी दिए ।

प्रदेशको नयां बन्ने सरकारको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ । प्रस्तावमा माओवादी केन्द्र, जनमोर्चा र जसपाको पनि समर्थन रहेको बताइएको छ ।

यसैबीच आफुविरुद्ध अविश्वासको प्रस्ताव आउने जानकारी पाएपछि सरकारले गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य गरेको छ । मध्यरात १२ बजे हजारहतार प्रदेशसभा बैठक अन्त्य गरेको जानकारी बिहीवार बिहान १०ः ३५ बजे मात्रै संसद सचिवालयमा गराइएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *