ग्लोवल टि.भी.
आइतवार, बैशाख ५, २०७८
0
प्रदेश १ को संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ ।
माओवादी केन्द्र र काँग्रेसलगायत प्रतिपक्षी दलको विरोधबीच सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशप्रमुख सोमनाथ अधिकारीले पठाएको अधिवेशन अन्त्यसम्बन्धी पत्र पढेर सुनाए ।
सभामुख भण्डारीले बैठक सुरु गर्न खोज्दा प्रतिपक्षी दलका सांसदले उठेर सदनमा अवरोध गरे । सभामुख भण्डारीले सदनमा उठेका समस्या सम्बोधनका लागि मुख्यमन्त्रीले बोल्ने कार्यसूची रहेकाले बस्न आग्रह गरे ।
प्रतिपक्षी दलका सांसद नबसेपछि सभामुख भण्डारीले प्रदेश प्रमुख अधिकारीले पठाएको पत्र पढेर सुनाए । पत्र सुनाउन थालेपछि प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले नाराबाजी गरे ।
प्रदेशसभाको यो सातौँ अधिवेशनमा बसेको ८ वटा बैठक २ घण्टा ३१ मिनेट चलेको थियो । तर एउटा पनि विधेयक टेबलसम्म हुन सकेन ।
Post Views: 318
Leave a Reply