अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामा सचेत छौँ : परराष्ट्रमन्त्री ज्ञवाली

 ग्लोबल टिभि      आइतवार, बैशाख ५, २०७८      0

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अन्तर्राष्ट्रिय सन्धि–सम्झौता गर्दा नेपालको सर्वोपरि हितलाई ध्यान दिएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले छिमेकी मुलुकसँगको सन्धि–सम्झौतामा सचेत रहेको बताएका हुन् ।

बैठकमा नेकपा एमालेका सांसद मोहन बानियाँले विगतमा गरिएका सन्धि, सम्झौताले नेपाललाई दूरगामी असर गरेकाले सचेत रहन सुझाव दिएका थिए । यस्तै नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले एमसीसीबारे प्रश्न राखेका थिए ।

समितिले नेपालको परराष्ट्र नीतिबारे सबै पक्षसँग श्रृङ्खलाबद्ध छलफल गरिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *