ग्लोबल टिभि
आइतवार, बैशाख ५, २०७८
0
सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्लाई गतिशील बनाउन खोज्दा आफूलाई घेराबन्दी गरिएको प्रतिक्रिया दिएका छन् ।
आइतवार काठमाडौँमा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा सभामुख सापकोटाले संसद्लाई सार्वभौम बनाउन आफ्नो सम्पूर्ण समय लगाएको बताए । उनले संसद्को काम कारबाहीलाई लिएर भ्रम छर्न खोजिएको दाबी गरे ।
सापकोटाले आफ्नो विवेकले देश र जनताको हितको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने बताए ।
शनिबार बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा दर्ता भएको एमसीसी प्रस्ताव सभामुखले रोकेको आरोप लगाएका थिए । तर सापकोटाले भने प्रधानमन्त्रीको नाम नै नलिई आफूलाई काम गर्न नदिई घेराबन्दीमा पारिएको गुनासो गरेका हुन् ।
Post Views: 1,336
Leave a Reply