कोरोना प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

 ग्लोवल टि.भी.      सोमवार, बैशाख ६, २०७८      0

उपत्यका लगायतका क्षेत्रमा कोरोना संक्रमितको दर बढ्दै गएपछि सरकारले कोभिड प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यही बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले यस अवधिमा वैकल्पिक माध्यमबाट पठनपाठन गराउने निर्णय पनि गरेको छ । सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको सरकारमा प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *