ग्लोबल टिभि
सोमवार, बैशाख ६, २०७८
0
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सामना गर्न नसकेर सरकारले संसद् अधिवेशन अन्त्य गरेको बताएका छन् ।
नेपाल प्रेस युनियन काठमाडौँ शाखाले गरेको कार्यक्रममा सिंहले अधिवेशन अन्त्य गरेर सरकारले संसद्को मानमर्दन गरेको आरोप लगाए । उनले यसलाई संसदीय व्यवस्थामाथिको अर्को प्रहार भएको बताए ।
नेता सिंहले सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास जारी राखेको पनि बताए । उनले प्रेस स्वतन्त्रताविरोधी कदमको प्रतिवाद गर्नुपर्ने बताए ।
उनले सरकारले नैतिक र राजनैतिक दृष्टिकोणबाट सरकारमा रहिरहने वैधानिकता गुमाइसकेको बताए । यो सरकारले केही काम नगरेरै विकास निर्माणको भ्रम छरेको आरोप लगाए ।
Post Views: 1,098
Leave a Reply