ग्लोबल टिभि
0
अध्यक्ष केपी शर्मा ओलीले अन्तिम चेतावनीसहितको स्पष्टीकरण मागेपछि एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदहरूको बैठक बोलाएका छन् ।
अध्यक्ष ओलीले आफूसहित २७ सांसदलाई ‘संसद् सदस्य पदबाट किन नहटाउने ?’ भनी स्पष्टीकरण मागेपछि नेता नेपालले सांसदको बैठक बोलाएका हुन् । बैठक मंगलवार दिउँसो नै बानेश्वरस्थित एक होटलमा बस्ने बताइएको छ ।
ओलीले मंगलवार नै नेपाल पक्षका २७ प्रतिनिधिसभा सदस्य र पाँच प्रदेशसभा सदस्यहरूसँग अन्तिम स्पष्टीकारण मागेका थिए ।
Post Views: 1,240
Leave a Reply