ग्लोबल टिभि
0
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशको प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन् । आज सुरक्षा निकायका पदाधिकारी सहितको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सरकारी आदेशको पालना भए नभएकोबारे सरोकारवालाहरु सहितको संलग्नतामा अनुगमन गर्ने निर्णय गरेका हुन् ।
कोरोना संक्रमण बढ्दै गएपछि सरकारले २०७८ वैशाख मसान्त सम्म विद्यालयहरु भौतिक उपस्थिति नगराईकन भर्चुअल माध्यमबाट सञ्चालन गर्ने, रात्रीकालीन व्यवसाय बन्द गर्ने, भेला, जुलुस तथा आमसभा नगर्ने र विवाह व्रतवन्ध जस्ता सामाजिक काममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको थियो ।
Post Views: 1,288
Leave a Reply