सर्वोच्च अदालतका नवनियुक्त दुई न्यायाधीशले लिए सपथ

 ग्लोबल टिभि           0

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सर्वोच्च अदालतमा बुधवार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नवनियुक्त न्यायाधीश सुवेदी र चुडाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । न्यायाधीशद्वयले नेपाली जनता, संविधान र अन्य कानूनप्रति पूर्ण निष्ठावान रही जिम्मेवारी बहन गर्ने भनी ईश्वरको नाममा शपथ लिए ।

न्याय परिषद्द्वारा प्रस्तावित दुवै जनाको नाम  गत शुक्रबार संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई न्यायधीश  नियुक्त गरेकी थिइन् ।

सर्वोच्च अदालतका न्यायाधीशरुको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने चलन रहेको छ । तर यसपटक कोरोना संक्रमणको जोखिमका कारण राष्ट्रपतिको उपस्थितिबिनै प्रधानन्यायाधीशले उनीहरूलाई शपथ गराएका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *