अख्तियारले अब ‘स्टिङ अपरेसन’ गर्न नपाउने

 ग्लोबल टिभि      बुधबार, बैशाख ८, २०७८      0

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धन आयोगले ‘स्टिङ अपरेसन’ गर्न नपाउने फैसला सुनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले बुधबार  स्टिङ अपरेसन रोक्न रिट जारी गरेको हो ।

अधिवक्ता विष्णुप्रसाद घिमिरेले यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यो रिटमाथि सुनुवाइ गर्दै अदालतले बुधबारदेखि लागू हुने गरी अमान्य र बदर गरिदिएको हो ।

आयोगलेअख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० मा रहेको व्यवस्थाका आधारमा घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेसन चलाउँदै आएको छ ।

अदालतको फैसलासँगै आयोगले स्टिङ अपरेसनका आधारमा मात्रै दायर गरेका ४०० मुद्दा खारेज हुने भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *