नेता नेपाललाई ओलीको चेतावनी, संवादको प्रयासलाई कमजोरी नठान्नुस्

 ग्लोबल टिभि      बिहिबार, बैशाख ९, २०७८      0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउन आफूले गरेको संवादको प्रयासलाई कमजोरी नठान्न माधवकुमार नेपाल पक्षलाई चेतावनी दिएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रममा अध्यक्ष ओलीले पार्टीभित्र भइरहेको गुटगत गतिविधिलाई मान्यता दिन नसक्ने भन्दै आफूले गरिरहेको प्रयासलाई कमजोरी नठान्न चेतावनी दिएका हुन् ।

‘साथीहरूलाई सकेसम्म गल्ती महशुस गरुन्, अराजकता छाडुन् र अनुशासित भएर पार्टीमा आएर काम गरुन् भन्ने अवसर अहिले पनि दिन चाहिरहेका छौँ’, उनले भने, ‘तर यसलाई यदि कसैले कमजोरी ठानियो भने अथवा समूहगत रूपमा गुटको प्रतिनिधित्व गर्दै कसैले कुरा गर्न खोज्छ भने त्यो कुरा सम्भव छैन ।’

अध्यक्ष ओलीले कुनै वेला आफ्नो पक्षलाई सडकबाट हटाउनेहरूले अहिले अर्को पार्टी खोलेर हिँड्दा पनि आफूले कारबाही नगरेर सम्झाइबुझाइ गर्ने प्रयास गरिरहेको दाबी गरे । ‘उनीहरूले सडकबाट हामीलाई कारबाही गरेर निकाल्यौँ, हटायौँ भनेर तमासा गरेका हुन्’, उनले भने, ‘तर यति उपद्रो गर्दा पनि, देशभरअर्को पार्टी खोलेर हिँड्दा पनि कारबाही नगरेर सम्झाइबुझाइ गर्ने प्रयास गरिराखेका छौँ ।’

ओलीले आफूलाई पार्टीविहीन अवस्थामा पुर्याउने उनीहरूको प्रयास असफल भएको प्रतिक्रिया दिए । अब पार्टीमा अराजकता निम्त्याउन नपाइने उनको भनाइ छ ।

पार्टीको ७३ औँ स्थापना दिवस एवं लेनिन जयन्तीको अवसर पारेर अध्यक्ष ओलीले बल्खुमा पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका हुन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *