कम्युनिष्ट आन्दोलनभित्र प्रतिक्रियावाद घुस्यो : दाहाल

 ग्लोबल टिभि      बिहिबार, बैशाख ९, २०७८      0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनभित्र प्रतिक्रियावाद घुसेको बताएका छन् ।

लेनिन दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा दाहालले कम्युनिष्ट एकतालाई नरुचाउने शक्तिले प्रतिगामी सोच भएकाहरूलाई साथ लिएर टुक्र्याउन खोजेको आरोप पनि लगाए । उनले कम्युनिष्ट आन्दोलनलाई बचाई राख्न एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको तर्क गरे ।

दाहालले अहिले बाहिर भनिए जस्तो नेकपा माओवादी केन्द्र कमजोर नभएको पनि बताए । उनले पनि छरिएर रहेका कम्युनिष्ट घटकहरुलाई एकताबद्ध बनाउन आवश्यक रहेको बताए । ‘हामीले एकता गरेर गल्ती गरको होइन ।

‘हामीले सही गरेका थियौँ’, उनले भने, ‘अहिले शक्ति सन्तुलन हाम्रो पक्षमा नभएको हुँदा विभाजन रोक्न सकिएन तर हामी पराजित भएको होइन ।’ दाहालले प्रतिक्रियावादीको विरुद्ध सबै संघर्ष गर्न आवश्यक रहेको बताए । अझै पनि कम्युनिष्ट आन्दोलनको एकताको झण्डा उठाउन छाड्न नहुने उनको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *