उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आग्रह

 ग्लोवल टि.भी.      शुक्रबार, बैशाख १०, २०७८      0

जेठ ६ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले वैशाख १४ गतेभित्र दल दर्ता गर्न भनेको छ । संविधानको धारा २७१ अनुसार उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले आग्रह गरेको हो ।

दल दर्ताका लागि दलको विधान, नियमावली तथा घोषणापत्रसहितका कागजातहरू संलग्न गर्न पनि सूचनामा भनिएको छ । बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो । नेकपा माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा रामबहादुर थापा यो क्षेत्रबाट निर्वाचित भएका थिए ।

माओवादी केन्द्र त्याग गरी एमालेमा प्रवेश गरेका थापालाई माओवादीले कारवाही गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *