ग्लोबल टिभि
0
नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।
लामो समयको संवादहिनतालाई तोड्दै पार्टी अध्यक्ष के.पी. शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई पटक एक्लाएक्लै छलफल भएको छ । यद्यपी छलफल फलदायी नभएको नेता नेपालले प्रतिक्रिया दिएका छन् । यसपछि बोलाइएको महाधिवेशन आयोजक समितिको बैठकलाई चासोको रुपमा हेरिएको छ ।
पार्टी अध्यक्ष ओलीले अर्का नेता बामदेव गौतमसंग पनि बिहीबार छलफल गरेका थिए । आजको बैठकले नेपाल पक्षका केही नेताहरुलाई कारवाहीको निर्णय गर्न सक्ने अनुमान छ । यसअघि वैशाख ६ गते बसेको महाधिवेशन आयोजक समितिको बैठक नेपाल पक्षले बहिस्कार गरेको थियो । सो बैठकले नेपाल पक्षका २७ सांसदहरूलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
Post Views: 1,434
Leave a Reply